पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढ्यो, कति पुग्यो ?

पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढ्यो, कति पुग्यो ?
Advertisement Ads

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार नयाँ मूल्य हिजो राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको मूल्य समायोजन गरिएको हो।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य बढाइएको छ। त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले वृद्धि गरी २४९ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि प्रति किलोलिटर १३१ अमेरिकी डलरले मूल्य बढाइएको निगमले जनाएको छ। पोखरा र भैरहवाका लागि भने हवाई इन्धनको मूल्य ‘ब्रेकइभेन पोइन्ट’ मा कायम राखिएको छ।

मूल्य समायोजनपछि काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल तथा डिजेल/मट्टितेलको खुद्रा मूल्य प्रतिलिटर २०० रुपैयाँ कायम भएको छ। सुर्खेत र दाङमा प्रतिलिटर १९९ रुपैयाँ तोकिएको छ भने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिन्डर २,०६० रुपैयाँमै यथावत् राखिएको छ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यमा उल्लेख्य वृद्धि भए पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर सीमित मात्र मूल्य समायोजन गरिएको हो। निगमले नयाँ मूल्य लागू भएपछि पनि प्रत्येक १५ दिनमा करिब १ अर्ब ४९ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने जनाएको छ।

petrol e1785720664676 https://bajarkochirfar.com/the-prices-of-petrol-diesel-and-aviation-fuel-have-increased-how-much-has-it-increased | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स