आज सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो, तोलाको कतिमा हुँदैछ किनबेच ?
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रति तोला १ हजार रुपैयाँले बढेर तोलाको १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सुन तोलाको १ लाख ८८ हजार ८ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर अहिले प्रति तोला १,९९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।