नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर आज २ लाख १४ हजार २ सय रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य तोलामा २ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य थियो।
त्यस्तै, आज चाँदीको भाउ स्थिर रहेको छ। आज चाँदी प्रतितोला २५ सय ५ रुपैयाँ कायम भएको छ।




















प्रतिकृया