नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ३०० रुपैयाँले घटेर एक लाख ८८ हजार १०० रुपैयाँमा झरेको हो।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला दुई हजार १५० रुपैयाँ पुगेको छ।
यसबीच, सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीको कारोबारमा नयाँ कर प्रावधान ल्याएको छ। सुनमा दुई प्रतिशत विलासिता कर थप गरिएको छ भने गहनामा हिरा वा अन्य बहुमूल्य पत्थर जडान गरिएमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने व्यवस्था गरिएको छ।
यिनै करको विरोधमा देशभरका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन्। कर पुनरावलोकनको मागसहित आन्दोलनमा उत्रिएका व्यवसायीहरूका कारण महासंघले हिजो र आज नियमित समयभन्दा ढिलो मूल्य निर्धारण गरेको जनाएको छ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया