नेपाली बजारमा आज सुन–चाँदीको भाउ सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ३ सय रुपैयाँमा पुगेको छ। हिजो आइतबार सुनको भाउ प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेको छ। यससँगै चाँदीको मूल्य २३ सय १५ रुपैयाँ कायम भएको छ। हिजो यो २३ सय १० रुपैयाँमा कारोबार भइरहेको थियो।




















प्रतिकृया