नेपाली बजारमा आज सुन र चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँ थियो।
यसैगरी, आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर २३ सय १० रुपैयाँमा पुगेको छ। गत शुक्रबार चाँदीको भाउ २३ सय १५ रुपैयाँमा कारोबार भएको थियो।




















प्रतिकृया