आज सोमबारबाट अण्डाको मूल्य बढेको छ। आइतबार बसेको बैठकले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो।
हाल बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका अण्डा उपलब्ध छन्। नयाँ मूल्यअनुसार, मध्यम अण्डाको प्रतिक्रेट (३० वटा) मूल्य ३९० रूपैयाँ, ठूलो अण्डाको ४१० रूपैयाँ, र एक्स–एल अण्डाको ४२५ रूपैयाँ पुगेको छ। यसअघि, मध्यम अण्डाको मूल्य ३५० रूपैयाँ, ठूलो अण्डाको ३७० रूपैयाँ, र एक्स–एल अण्डाको ३८५ रूपैयाँ थियो।
संघका अनुसार यो मूल्य किसानले पाउने दर हो। उत्पादनकर्ता तथा व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेपछि गत शुक्रबार मूल्य घटाएको थियो। तर, परिस्थिति मूल्य वृद्धि गर्नुपर्ने भएकाले आजबाट नयाँ मूल्य लागू गरिएको संघले जनाएको छ।
खुद्रा बजारमा उपभोक्ताले प्रतिगोटा अण्डा २० रूपैयाँमा खरिद गर्नुपर्नेछ।





















प्रतिकृया