बजारमा अण्डाको भाउ फेरी बढ्यो, प्रतिक्रेट कति पुग्यो ?

बजारमा अण्डाको भाउ फेरी बढ्यो, प्रतिक्रेट कति पुग्यो ?

आज शुक्रबारदेखि अण्डाको मूल्य बढ्ने भएको छ। प्रतिक्रेट अण्डाको मूल्य १५ रुपैयाँले बढाइएको छ।

बजारमा तीन प्रकारका अण्डा (मध्यम, ठूलो, र एक्स-एल) उपलब्ध छन्। अहिले मध्यम अण्डाको मूल्य प्रतिक्रेट ४७० रुपैयाँ, ठूलोको ४८५ रुपैयाँ, र एक्स-एलको ५०० रुपैयाँ रहेको छ। नयाँ मूल्य अनुसार आजदेखि मध्यम अण्डाको मूल्य ४८५ रुपैयाँ, ठूलोको ५०० रुपैयाँ, र एक्स-एलको ५१५ रुपैयाँ हुनेछ।

यो मूल्य किसानले पाउने मूल्य हो। किसानका लागि मूल्य बढेसँगै उपभोक्ता मूल्य पनि बढेको छ। अब उपभोक्ताले अण्डा प्रतिगोटा २२ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ, जुन यसअघि २० रुपैयाँ थियो।

लागत मूल्य नउठ्नाले अण्डा उत्पादक किसानहरूको संख्या घट्दै गएको छ। साथै, चिसो मौसमका कारण उत्पादनमा कमी आएको छ। माग अनुसार उत्पादन नहुँदा अण्डाको मूल्यमा वृद्धि हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स