अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति रुपैयाँ पुग्यो ?
बजारमा अण्डाको मूल्य बढेको छ। आज (मंगलबारबाट) नयाँ मूल्य लागू गर्ने निर्णय गरेको हो।
हाल बजारमा मध्यम, ठूलो र एक्स–एल गरी तीन प्रकारका अण्डा उपलब्ध छन्। न्यूनतम १५ रूपैयाँदेखि अधिकतम ३० रूपैयाँसम्म मूल्य बढेको छ। हाल मध्यम अण्डाको मूल्य प्रतिक्रेट तीन सय ८५ रूपैयाँ, ठूलो अण्डाको चार सय रूपैयाँ, र एक्स–एल अण्डाको चार सय १५ रूपैयाँ पुगेको छ। यसअघि मध्यम अण्डाको मूल्य तीन सय ५५ रूपैयाँ, ठूलो अण्डाको तीन सय ७० रूपैयाँ, र एक्स–एल अण्डाको तीन सय ८५ रूपैयाँ थियो।
अण्डाको प्रकार | पुरानो मूल्य (रू.) | नयाँ मूल्य (रू.) |
---|---|---|
मध्यम | ३५५ | ३८५ |
ठूलो | ३७० | ४०० |
एक्स–एल | ३८५ | ४१५ |
यो किसानले पाउने मूल्य हो। किसानको मूल्य बढेसँगै उपभोक्तालाई पर्ने मूल्यमा पनि केही वृद्धि हुनेछ। हाल उपभोक्ताले अण्डा प्रतिगोटा २० रूपैयाँमा खरिद गर्दै आएका छन्।