अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति रुपैयाँ पुग्यो ?

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति रुपैयाँ पुग्यो ?

बजारमा अण्डाको मूल्य बढेको छ। आज (मंगलबारबाट) नयाँ मूल्य लागू गर्ने निर्णय गरेको हो।

हाल बजारमा मध्यम, ठूलो र एक्स–एल गरी तीन प्रकारका अण्डा उपलब्ध छन्। न्यूनतम १५ रूपैयाँदेखि अधिकतम ३० रूपैयाँसम्म मूल्य बढेको छ। हाल मध्यम अण्डाको मूल्य प्रतिक्रेट तीन सय ८५ रूपैयाँ, ठूलो अण्डाको चार सय रूपैयाँ, र एक्स–एल अण्डाको चार सय १५ रूपैयाँ पुगेको छ। यसअघि मध्यम अण्डाको मूल्य तीन सय ५५ रूपैयाँ, ठूलो अण्डाको तीन सय ७० रूपैयाँ, र एक्स–एल अण्डाको तीन सय ८५ रूपैयाँ थियो।

अण्डाको प्रकारपुरानो मूल्य (रू.)नयाँ मूल्य (रू.)
मध्यम३५५३८५
ठूलो३७०४००
एक्स–एल३८५४१५

यो किसानले पाउने मूल्य हो। किसानको मूल्य बढेसँगै उपभोक्तालाई पर्ने मूल्यमा पनि केही वृद्धि हुनेछ। हाल उपभोक्ताले अण्डा प्रतिगोटा २० रूपैयाँमा खरिद गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स