बजारमा अण्डाको मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार अत्यधिक गर्मीले उत्पादन घटेपछि माग बढी भएका कारण अण्डाको मूल्य बढ्न पुगेको हो।
हाल मध्यम, ठूलो र एक्सेल तीन प्रकारका अण्डा पाइन्छ। किसानका लागि मध्यम अण्डाको मूल्य प्रतिक्रेट रु ४६५, ठूलो अण्डा रु ४९५ र एक्सेल अण्डा रु ५१५ तोकिएको छ, जुन अघिल्लो मूल्यभन्दा उल्लेख्य बढी हो।
उनले भने, “हिजो बैठकमा निर्णय गरी आजदेखि मूल्य वृद्धि लागू गरेका छौं।” किसानले पाउने मूल्य बढेसँगै उपभोक्ताको मूल्य पनि बढेको छ।




















प्रतिकृया