डिजेल र मट्टीतेलको मूल्य बढयाे, प्रतिलिटर कति पुग्यो ?

डिजेल र मट्टीतेलको मूल्य बढयाे, प्रतिलिटर कति पुग्यो ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आइतबारदेखि लागू हुने गरी निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको हो।

निगमका अनुसार पेट्रोल तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।

इन्डियन आयल कर्पोरेसनबाट माघ १७ गते प्राप्त नयाँ खरिद मूल्यका आधारमा प्रतिलिटर पेट्रोलमा १२ पैसा, डिजेलमा ४ रुपैयाँ ६६ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर ४५ रुपैयाँ ४९ पैसाले मूल्य बढेर आएको निगमले जनाएको छ। यस्तै, हवाई इन्धनको खरिद मूल्य प्रतिलिटर १०८ रुपैयाँले घटेर आएको पनि निगमले स्पष्ट पारेको छ।

यसैअनुसार हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर एक रुपैयाँले मूल्य घटाइएको छ भने हवाई इन्धन (अन्तर्राष्ट्रिय) तर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ७ अमेरिकी डलरले मूल्य घटाइएको निगमले जनाएको छ।

624149531 1445725523794809 2648517815034772813 n https://bajarkochirfar.com/the-price-of-diesel-and-kerosene-has-increased-how-much-is-it-per-liter | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स