नेपाली बजारमा आज सुन र चाँदी दुबैको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक हजार १०० रुपैयाँले घटेर एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार यो दर एक लाख ९४ हजार ७०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले घटेको छ। अहिले चाँदी प्रतितोला दुई हजार २९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।




















प्रतिकृया