ओप्पोले नेपाली बजारमा ‘ओप्पो ए फाइभ प्रो’ स्मार्टफोन सार्वजनिक गरेको छ। राजधानीमा आयोजित कार्यक्रममा ‘ए’ सिरिजको नयाँ लाइनअप सार्वजनिक गरिएको हो। टिकाउपन र उच्च प्रदर्शनलाई प्राथमिकता दिँदै ल्याइएको यो फोन पानी तथा धूलो प्रतिरोधी (IP69) हुनुका साथै मिलिटरी ग्रेड शक रेसिस्टेन्ट पनि छ जसले गर्दा यस फोनलाई लामो समयसम्म पानीमा प्रयोग गरेर उच्च गुणस्तरका फोटो र भिडियो खिच्न सकिन्छ।
फोनमा सुपरभोक चार्जिङ सपोर्ट रहेको छ, जसले १९ मिनेटमै ३०% चार्ज गर्न सक्ने दाबी गरिएको छ। ५,८०० एमएएच ब्याट्रीसहित यो फोन ४५ वाटको सुपरभोक प्ल्याश चार्जरसहित उपलब्ध छ। १,००० निट्स अल्ट्रा ब्राइट डिस्प्ले भएका कारण सूर्यको उज्यालोमा पनि सजिलै चलाउन सकिन्छ।
कनेक्टिभिटी सुधार गर्न फोनमा ‘Al LinkBoost’ र ‘BeaconLink’ जस्ता प्रविधि राखिएको छ, जसले कमजोर सिग्नल भएका क्षेत्रमा समेत राम्रो कनेक्टिभिटी सुनिश्चित गर्छ। ‘BeaconLink’ प्रविधिले इन्टरनेट तथा नेटवर्क नभएको ठाउँमा २४० मिटरसम्म अन्य ओप्पो फोनसँग सम्पर्क स्थापित गर्न मद्दत गर्छ।
क्वालकम स्न्यापड्रागन सिक्स एस जेन थ्री मोबाइल प्लेटफर्ममा सञ्चालन हुने फोन ८ जीबी र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध छ। फोटोग्राफीका लागि फोनमा ५० एमपीको अल्ट्रावाइड मेन क्यामेरा, २ एमपीको पोट्रेट क्यामेरा, र ८ एमपीको फ्रन्ट क्यामेरा राखिएको छ।
ड्युल स्टेरियो स्पिकर तथा अल्ट्रा भोल्युम मोडले उत्कृष्ट अडियो अनुभव प्रदान गर्छ। फोन दुई रंग— मोचा ब्राउन र ओलिभ ग्रीनमा उपलब्ध हुनेछ। यसको मूल्य रु. ३२,९९९ तोकिएको छ।
कम्पनीले २३ मार्चदेखि २४ मार्चसम्म प्रि-बुकिङ खुला गर्नेछ, जसमा रु. १,००० क्यासब्याक पाइनेछ। फोन २५ मार्चदेखि बजारमा उपलब्ध हुनेछ भने ईएमआई सुविधासहित खरिद गर्न सकिनेछ।



















प्रतिकृया