हिजो देखि ह्याक भएको स्वास्थ्य मन्त्रालयको वेबसाइट अझै फिर्ता आएन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वेबसाइट ह्याकरको कब्जामा परेको छ। बिहीबार, ‘क्याप्टेन स्मोकर3R’ नामक ह्याकर समूहले वेबसाइट ह्याक गरी ‘Hacked by Captain Smoker3R’ सूचना राखेको थियो र स्वास्थ्यमन्त्री प्रदीप पौडेलसहित कर्मचारीहरूको नाम परिवर्तन गरिएको थियो। हाल, वेबसाइट डाउन अवस्थामा छ र ह्याकबाट डेटामा कति हानि भएको छ भन्ने थाहा पाउन सकिएको छैन। वेबसाइट फिर्ता ल्याउन प्रयास भइरहेको छ।
कुख्यात ह्याकर समूह ‘क्याप्टेन स्मोकर3R’ले सरकारी वेबसाइट र उच्च प्रोफाइल संस्थाहरूलाई लक्षित गरी साइबर आक्रमण गर्दै आएको छ र यो बङ्गलादेशी ह्याकर समूह ‘थन्डर साइबर टिम’सँग सम्बन्धित मानिन्छ। नेपालका सरकारी वेबसाइटहरूमा हालका दिनहरूमा निरन्तर आक्रमण भइरहेको छ।