सान्भि इनर्जी लिमिटेडको लक–इन अवधि मंसिर २५ गते समाप्त हुने भएको छ। कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याएको ५ प्रतिशत, अर्थात् १ लाख ४५ हजार ५ सय कित्ता सेयरको लक–इन अवधि सो मितिमा सकिनेछ।
सामूहिक लगानी कोषका लागि बाँडफाँड भएका सेयरहरू बाँडफाँड मितिले ६ महिनासम्म लक–इनमा राख्नुपर्ने प्रावधान अनुसार यो अवधि समाप्त हुन लागेको हो। कम्पनीले २०८२ जेठ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो, जसको बाँडफाँड जेठ २६ गते सम्पन्न भएको थियो।





















प्रतिकृया