२०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक, कति दिन छ दसैँ–तिहार बिदा?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १९ गते
२०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक, कति दिन छ दसैँ–तिहार बिदा?

सरकारले २०८३ सालका लागि सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को फागुन १३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो। निर्णय मंगलबार नेपाल राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आएको हो।

सार्वजनिक गरिएको सूचीअनुसार २०८३ सालमा ५२ वटा शनिबार परेका छन्।

दसैँ पर्वअन्तर्गत असोज २५ गते आइतबार घटस्थापनाको सार्वजनिक बिदा दिइएको छ। त्यसपछि असोज ३१ गते शनिबारदेखि कात्तिक ६ गते शुक्रबारसम्म दसैँ बिदा कायम गरिएको छ।

त्यस्तै, तिहार पर्वका लागि कात्तिक २२ गते आइतबारदेखि कात्तिक २६ गते बिहीबारसम्म सार्वजनिक बिदा तोकिएको छ।

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स