गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ आज बाँडफाँट गरिएको छ। उक्त बाँडफाँट कुमारी क्यापिटलको कार्यालयमा सम्पन्न भएको हो। गार्डियन माइक्रो लाइफले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो।
नेपाल धितोपत्र बोर्डबाट कम्पनीले चुक्तापुँजीको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँको आइपीओ जारी गर्न अनुमति पाएको थियो। आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ७५ करोड रुपैयाँ पुग्नेछ। पहिलो चरणमा कम्पनीले २२ करोड ५० लाख रुपैयाँको १० प्रतिशत अर्थात् २ करोड २५ लाख रुपैयाँको आइपीओ बिक्री गरेको हो। यस अनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका २ लाख २५ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो।
आइपीओमा कुल ३७ हजार २१९ जनाले आवेदन दिएका थिए । जसमा १० जनाको आवेदन भने रद्ध गरीएको थियो । योग्य ३७ हजार २०९ आवेदकबाट धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम बाँडफाँट गरीएको छ । यसमा २२ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने आवेदकमध्ये १४ हजार ७०९ आवेदकको हात खाली भएको छ।
अब, वैदेशिक रोजगारमा रहेका नेपालीलाई आइपीओ बिक्री गरेपछि कम्पनीले दोस्रो चरणमा ३ प्रतिशत (६७ हजार ५०० कित्ता) आफ्ना कर्मचारीलाई, ५ प्रतिशत (१ लाख १२ हजार ५०० कित्ता) सामूहिक लगानी कोषलाई र बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गर्नेछ।
यसरी हेर्नुहोस नतिजाः
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ परिणाम कुमारी क्यापिटलको वेबसाइट, सीडीएससीको https://iporesult.cdsc.com.np/ र मेरो सेयर मार्फत हेर्न सकिन्छ।














![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया