insta insta

पर्यटकीय राजधानी पोखरामा आजबाट इन्टरनेशनल बेलुन महोत्सव सुरु

पर्यटकीय राजधानी पोखरामा आजबाट इन्टरनेशनल बेलुन महोत्सव सुरु
Advertisement Ads

पर्यटन राजधानी पोखरामा आजबाट बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव सुरु भएको छ। नेपालको साहसिक पर्यटनलाई प्रवर्द्धन गर्न पोखराको पामे क्षेत्रमा पहिलो पटक आयोजित यस महोत्सवले पोखराको आकाशलाई झण्डै दुई दर्जन रंगीन बेलुनले भरिदिनेछ। नौ दिनसम्म चल्ने यो महोत्सवले अन्नपूर्ण हिमश्रृङ्खला, माछापुच्छ्रे, धौलागिरी, र पोखरा उपत्यकाको मनोरम दृश्य प्रस्तुत गर्दै साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य राखेको छ। सूर्योदय र सूर्यास्तका दृश्यहरूका साथै बेलुन दौड, क्याम्पिङ, र आतिशबाजी प्रदर्शनले महोत्सवलाई थप रोमाञ्चक बनाएको छ।

फेस्टिभलमा अमेरिका, स्पेन, लिथुआनिया, थाइल्याण्ड, र भियतनामसहित विभिन्न देशका प्रतिनिधिहरू सहभागी छन्। यसले आन्तरिक र विदेशी पर्यटकलाई आकर्षित गर्दै नेपालको अर्थतन्त्र र पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने आयोजकको अपेक्षा छ। हरेक साँझ दीपक बज्राचार्य एण्ड टिम, राजु लामा एण्ड मङ्गोलियन हार्ट, एलिना चौहान, र कुमा सागर एण्ड ख्वपः ब्याण्ड जस्ता शीर्ष नेपाली कलाकारहरूको सांगीतिक प्रस्तुति पनि महोत्सवका मुख्य आकर्षण हुन्।

नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ (एनआरएनए), पोखरा महानगर, र पोखरा पर्यटन बोर्डको सहयोगमा क्यारिज्म्याटिक डिजिटल सोलुसनले महोत्सवको व्यवस्थापन गरेको हो भने पोखरा पर्यटन काउन्सिल यसको संयुक्त आयोजक हो। महोत्सवका ब्राण्ड एम्बेसडर अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की रहेका छन्। सन् २०१५ मा स्थापना भएको बेलुन नेपालले सन् २०१७ देखि पोखरामा व्यावसायिक बेलुन उडान सञ्चालन गर्दै आएको छ। यसले यसै वर्ष फेब्रुअरीमा थाइल्याण्डमा आयोजित अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा समेत सहभागिता जनाएको थियो।

सन् १९७२ मा अमेरिकाबाट सुरु भएको अल्बुकर्क इन्टरनेशनल बेलुन फेस्टिभल विश्वभर फैलिएको एक प्रतिष्ठित महोत्सव हो। न्यू मेक्सिकोमा वार्षिक रूपमा ५०० भन्दा बढी बेलुन उडाइने यस महोत्सवमा करिब १० लाख पर्यटक सहभागी हुने गर्छन्। पोखरामा सुरु भएको यो महोत्सवले नेपाललाई साहसिक खेल पर्यटनको केन्द्रका रूपमा स्थापित गर्दै आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।

newskarkahna news795030 https://bajarkochirfar.com/the-international-balloon-festival-starts-today-in-the-tourism-capital-of-pokhara | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स