बजारमा सुधारको क्रम निरन्तर, आज पनि उच्च अंकले बढ्यो नेप्से सूचक

बजारमा सुधारको क्रम निरन्तर, आज पनि उच्च अंकले बढ्यो नेप्से सूचक

आज नेप्से परिसूचक ३९.७० अङ्कले बढेर २७५६.३६ मा बन्द भएको छ। आज १३ उपसमूह मध्य फाइनान्स उपसमूह बाहेक सबै उपसमूह बढेको छ। दिनभर ९ अर्ब ३१ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार जानकी फाइनान्सको भएको छ। यस दिन ३१६ कम्पनीको १ करोड ७१ लाख सेयर कारोबार भएको छ।

धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्त भएसंगै लगानीकर्ताको मनोबल उच्च भएको छ। लामो समयदेखि रोकिएका बजार विकासका गतिविधिहरू अगाडि बढ्ने आशामा नेप्से सूचक र कारोबार रकममा सुधार देखिएको छ। हिजो पनि नेप्से सकारात्मक नै रहेको थियो।

अहिले बजार पुनः सुधारको चरणमा रहेको देखिन्छ। नेप्से संगै कारोबार रकममा पनि बढेको छ। बजारमा लगानीकर्ताहरु बीच सकारात्मक माहोल भएका कारण बजारले पुन: गति लिन सक्ने अपेक्षा गरिएको छ।

नेप्से ३९.७० अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ३९.७० अङ्कले बढ्दा ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २०० कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: सपोर्ट माइक्रोफाइनान्स, सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक, मानुषी लघुवित्त,  र कर्णाली विकास बैंक रहेको छ।

TOP GAINERS 22 https://bajarkochirfar.com/the-improvement-in-the-market-continued-nepse-increased-by-high-points-today | %tags

नेप्से ३९.७० अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो : आज नेप्से ३९.७० अङ्कले घट्दा ३८ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: मिथिला लघुवित, नेपाल फाइनान्स, थ्री स्टार हाइड्रोपावर, जानकी फाइनान्स र स्टान्डर्ड चार्टड बैंक रहेको छ।

TOP LOSERS 25 https://bajarkochirfar.com/the-improvement-in-the-market-continued-nepse-increased-by-high-points-today | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स