प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)’ सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने कार्यसूची रहेको छ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, आजै सांसदहरूले विधेयकमा आफ्ना धारणा राख्ने क्रम पनि सकिनेछ। त्यसपछि अर्थमन्त्री पौडेलले विधेयकमा उठेका प्रश्नहरूको जवाफ दिनेछन्।
गत वैशाख ३० गतेदेखि प्रतिनिधिसभामा सो विधेयकमाथि छलफल सुरु भएको हो। बैठक सभामुख देवराज घिमिरेको अध्यक्षतामा हुनेछ। कार्यव्यवस्था परामर्श समितिले दलीय आधारमा छलफलको समयसीमा निर्धारण गरिसकेको छ।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया