instainsta

सरकारले एकैपटक ६ जना सचिवको सरुवा गर्यो, कसलाई कहाँको जिम्मेवारी ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार ३२ गते
सरकारले एकैपटक ६ जना सचिवको सरुवा गर्यो, कसलाई कहाँको जिम्मेवारी ?
AdvertisementAds

सरकारले विभिन्न मन्त्रालय तथा निकायका ६ जना सचिवको जिम्मेवारी हेरफेर गर्दै एकैपटक सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डिल्लीराम शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ। अख्तियारमा कार्यरत सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ।

राष्ट्रिय सतर्कता केन्द्रका सचिव दीनानाथ मिश्रलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा पठाइएको छ। पूर्वाधार विकास मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीलाई राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा सरुवा गरिएको छ। उनी यसअघि खानेपानी मन्त्रालयका सचिवका रूपमा कार्यरत थिए।

यस्तै, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अतिरिक्त रहने गरी सरुवा गरिएको छ। महिला मन्त्रालयको सचिवमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई जिम्मेवारी दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स