सरकारले नि:शुल्क बिजनेस ट्रेनिङ दिँदै; लगानीकर्ता पनि खोजिदिने, यसरी दिन सकिन्छ आवेदन

सरकारले नि:शुल्क बिजनेस ट्रेनिङ दिँदै; लगानीकर्ता पनि खोजिदिने, यसरी दिन सकिन्छ आवेदन

औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (IEDI) सँग साझेदारीमा ‘Udyamsheel–Promoting Entrepreneurship’ द्वारा डिजाइन तथा कार्यान्वयन गरिएको ‘उद्यमस्टार्ट (पहिलो ब्याच)’ नामक निःशुल्क बिजनेस इन्क्युबेशन कार्यक्रमको आवेदन खुला गरिएको छ। २०८२ चैत २६ गते प्रकाशित सूचनाअनुसार यो कार्यक्रम ‘व्यवसाय संवर्धन सेवा सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ बमोजिम सञ्चालन भइरहेको हो।

कार्यक्रमले नवउद्यमी तथा प्रारम्भिक चरणका व्यवसायीहरूलाई आफ्नो व्यवसायिक आइडियालाई व्यवहारिक, लगानीयोग्य र दिगो व्यवसायमा रूपान्तरण गर्न सहयोग गर्ने लक्ष्य राखेको छ। यस कार्यक्रममा सहभागी हुनेहरूले व्यवसायिक योजना विकास, विशेषज्ञबाट मार्गदर्शन (मेण्टरशिप), बजार तथा वित्तीय तयारीसम्बन्धी सहयोग तथा ‘डेमो डे’ मार्फत लगानीकर्ता र बैंकहरूसमक्ष प्रस्तुति दिने अवसर प्राप्त गर्नेछन्।

इच्छुक नवउद्यमीहरूले वैशाख १२ गतेभित्र आवेदन दिनुपर्नेछ भने कार्यक्रममा सीमित रूपमा ४० वटा स्टार्टअप मात्र छनोट गरिने जनाइएको छ। आवेदन दिँदा नेपाली नागरिकताको प्रमाणपत्र, नवीन सोचसहितको विस्तृत व्यवसायिक योजना, आचरण पालना गर्ने स्वघोषणा, स्थायी लेखा नम्बर (PAN) को प्रतिलिपि तथा संस्था दर्ता भएको भए सोको प्रमाणपत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।

प्राप्त आवेदनमध्ये छनोटमा परेका आवेदकहरूलाई स्क्रिनिङ तथा अन्तर्वार्ताका लागि सम्पर्क गरिनेछ। कार्यक्रमसम्बन्धी थप जानकारीका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वेबसाइटमा उपलब्ध कार्यविधि हेर्न सकिनेछ।

यहाँ क्लिक गरेर फारम भर्न सकिनेछ।

udyamsheel industrial enterprise development institute https://bajarkochirfar.com/the-government-is-providing-free-business-training-it-will-also-find-investors-this-is-how-you-can-apply | %tags
Udyamsheel (Industrial Enterprise Development Institute)

Discover more from BAJARKO CHIRFAR

Subscribe to get the latest posts sent to your email.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

1 Comment
Oldest
Newest Most Voted
Niraj ojha
Niraj ojha
2 months ago

I want join bt how should I apply for this .. where I have to apply?

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स