उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज संसद्मा चालु आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन पेस गर्ने भएका छन्।
संसद्को कार्यसूचीअनुसार, अर्थमन्त्री पौडेलले आज(माघ २४) दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उक्त प्रतिवेदन प्रस्तुत गर्ने छन्।
हालसम्मको बजेट कार्यान्वयनको स्थिति
महालेखा नियन्त्रण कार्यालयका अनुसार हिजो (माघ २३) सम्म सरकारले वार्षिक लक्ष्यको ४३.३६ प्रतिशत राजस्व संकलन गरेको छ भने कुल खर्च ३९.२१ प्रतिशत पुगेको छ। चालू आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन गरेकोमा हालसम्म ७ खर्ब २९ अर्ब ३८ करोड ६ लाख खर्च भएको छ। कुल राजस्व संकलन ६ खर्ब १५ अर्ब ३५ करोड १५ लाख पुगेको छ, जसमा कर राजस्व ५ खर्ब ३९ अर्ब ९८ करोड ४६ लाख (लक्ष्यको ४२.०५ प्रतिशत) र गैरकर राजस्व ७५ अर्ब ३६ करोड ६९ लाख (लक्ष्यको ५५.७९ प्रतिशत) रहेको छ।
सरकारले चालू आर्थिक वर्षमा ५२ अर्ब ३२ करोड ६५ लाख वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेको थियो, जसअन्तर्गत हालसम्म ८ अर्ब ७६ करोड ३० लाख (लक्ष्यको १६.७५ प्रतिशत) प्राप्त भएको छ। अन्य प्राप्तिबाट ७९ अर्ब ५४ करोड ५० लाख संकलन भएको छ। यसरी राजस्व, अनुदान र अन्य प्राप्ति गरी सरकारको कुल आम्दानी ६ खर्ब ३२ अर्ब ६ करोड ९० लाखपुगेको छ, जुन वार्षिक लक्ष्यको ४२.९५ प्रतिशत हो।
खर्चतर्फ, हालसम्म सरकारको कुल खर्च ७ खर्ब २९ अर्ब ३८ करोड ६ लाख पुगेको छ। चालू खर्च ५ खर्ब १ अर्ब ८३ करोड ४६ लाख (लक्ष्यको ४३.९९ प्रतिशत) रहेको छ भने पुँजीगत खर्च अपेक्षाकृत न्यून मात्र ६४ अर्ब ४६ करोड २ लाख (लक्ष्यको १८.२९ प्रतिशत) भएको छ। वित्तीय व्यवस्थापन शीर्षकअन्तर्गत १ खर्ब ६३ अर्ब ८ करोड ५८ लाख (लक्ष्यको ४४.४० प्रतिशत) खर्च भएको छ।















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया