मायादेवीमा १२ करोड लगानीमा खुल्यो भारद्वाज तेल उद्योग, ८० जनाले पाए रोजगारी

बजारको चिरफार
बजारको चिरफार
२०८३ भाद्र ८ गते
मायादेवीमा १२ करोड लगानीमा खुल्यो भारद्वाज तेल उद्योग, ८० जनाले पाए रोजगारी
AdvertisementAds

रुपन्देहीको मायादेवी गाउँपालिका–५, सिहोरहवामा करिब १२ करोड रुपैयाँ लगानीमा भारद्वाज तेल उद्योग सञ्चालनमा आएको छ। स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको उद्योगले ‘राइस ब्रान’ नामको खाने तेल उत्पादन सुरु गरेको हो।

उद्योगका प्रबन्धक ओमशंकर उपाध्यायका अनुसार हाल उद्योगमा ८० जनाले रोजगारी पाएका छन्। उद्योगले वार्षिक ४ हजार ५०० मेट्रिक टन तेल उत्पादन गर्ने लक्ष्य राखेको छ।

उद्योगबाट उत्पादित राइस ब्रान तेलमा भिटामिन ‘ए’ र ‘डी’ फोर्टिफाइड गरिएको जनाइएको छ। उपाध्यायले गुणस्तरीय तथा मानव शरीरका लागि उपयोगी तेल उत्पादन गर्ने उद्देश्य रहेको बताए।

उद्योगले हाल राइस ब्रान तेल प्रतिलिटर ३६५ रुपैयाँमा बिक्री गरिरहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स