सरकारले पोखरा र भैरहवा हवाई टिकटमा लाग्ने सेवा शुल्क हटायो, अब टिकट तीन हजार रुपैयाँले सस्तो हुने

सरकारले पोखरा र भैरहवा हवाई टिकटमा लाग्ने सेवा शुल्क हटायो, अब टिकट तीन हजार रुपैयाँले सस्तो हुने
AdvertisementAds

सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानका लागि हवाई टिकटमा लाग्ने विमानस्थल सेवा शुल्क हटाउने निर्णय गरेको छ। विदेशी वायुसेवा कम्पनी र यात्रुलाई आकर्षित गर्न गरिएको यो कदमले यात्रुहरूको टिकट प्रतियात्रु करिब तीन हजार रुपैयाँले सस्तो हुने बताइएको छ।

यो सेवा शुल्क भदौ २०८३ सम्मका लागि पूर्णरूपमा छुट दिने निर्णय गरिएको हो। हाल नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रु सेवा शुल्कबापत प्रतिटिकट तीन हजार रुपैयाँ असुल गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स