सरकार स्वार्थ समूहको कठपुतली बन्यो, बोर्डदेखि राष्ट्र बैंकसम्म कब्जा भएको वर्षमान पुनको आरोप

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १२ गते
सरकार स्वार्थ समूहको कठपुतली बन्यो, बोर्डदेखि राष्ट्र बैंकसम्म कब्जा भएको वर्षमान पुनको आरोप

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले विगत १० महिनाको कार्यकालमा जनअपेक्षाअनुरूप कुनै पनि ठोस काम गर्न नसकेको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारमाथि दलाल, विचौलिया र स्वार्थ समूहहरूको संरक्षणमा लागेको गम्भीर आरोप लगाए।

उनले धितोपत्र बोर्ड, बीमा प्राधिकरण लगायतका नियामक निकायमा गरिएको नियुक्ति र राष्ट्र बैंकको गभर्नर चयन प्रक्रियामा स्वार्थ समूहहरूको प्रत्यक्ष चलखेल भएको तथ्य अब कसैबाट लुकाउनु नपर्ने बताए ।

धितोपत्र बोर्ड, बीमा प्राधिकरण र राष्ट्र बैंकको नेतृत्व चयनमा स्वार्थ समूहले आ-आफ्ना प्रतिनिधिहरूलाई अघि सार्न गरेको प्रयास दिनको घामजत्तिकै छर्लङ्ग भएको उनले बताए।

पुनले सरकारको कार्यशैली दलाल र विचौलियामै केन्द्रित भएको बताउँदै, प्रतिपक्षी दलहरूमाथि प्रतिशोध साँध्नेतर्फ मात्रै ध्यान दिइएको गुनासो गरे।

यसका साथै, पुनले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति अझैसम्म सार्वजनिक नगर्नुप्रति पनि प्रश्न उठाए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स