यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आजदेखि अवितरित हकप्रद सेयर बोलकबोल (लिलामी) प्रक्रियामार्फत बिक्री खुला गरेको छ। कम्पनीले गत चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म १००ः१० अनुपातमा निष्काशन गरेको हकप्रद सेयरमध्ये आवेदन नपरेका कुल ७० हजार ४८० कित्ता सेयर लिलामीमा राखेको हो।
बिक्रीमा राखिएको सेयरमध्ये संस्थापक समूहको ६३ हजार ८४७ कित्ता र सर्वसाधारण समूहको ६ हजार ६३३ कित्ता रहेको छ।
उक्त सेयर खरिदका लागि व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूले आवेदन दिन सक्नेछन्। कम्पनीले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरेको छ। लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम उपलब्ध सम्पूर्ण कित्तासम्मका लागि बोलपत्र पेश गर्न सक्नेछन्।
बोलपत्र आवेदन लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमार्फत तथा लक्ष्मी सनराइज बैंकका विराटनगर, वीरगञ्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर र धनगढी शाखा कार्यालयबाट समेत पेश गर्न सकिने व्यवस्था गरिएको छ।
कम्पनीका अनुसार लिलामीमा सहभागी हुन इच्छुक लगानीकर्ताले असार ८ गतेभित्र बोलपत्र आवेदन पेश गरिसक्नुपर्नेछ।

प्रतिकृया