सर्वसाधारणले आजदेखि यी चार कम्पनीको सेयर प्रतिकित्ता १०० देखि ३७५ रुपैयाँमै किन्न पाउने

सर्वसाधारणले आजदेखि यी चार कम्पनीको सेयर प्रतिकित्ता १०० देखि ३७५ रुपैयाँमै किन्न पाउने
Advertisement Ads

यी चार कम्पनीले एकैपटक २ लाख ६५ हजार ७२० कित्ता संस्थापक सेयर लिलामीमा ल्याएका छन्।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले १ हजार ३१५ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँमा, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ हजार ९६८ कित्ता प्रतिकित्ता ३३० रुपैयाँमा, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ८४ हजार ६५ कित्ता प्रतिकित्ता ३७५ रुपैयाँमा र मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ७२ हजार ३७२ कित्ता प्रतिकित्ता ३०० रुपैयाँमा बिक्रीमा राखेका छन्।

यी सेयर खरिदका लागि संस्थापक, सर्वसाधारण, कम्पनी तथा संघसंस्था सबैले आवेदन दिन पाउनेछन्। आवेदन दिन इच्छुकले आज (भदौ ४ गते) देखि भदौ २४ गतेभित्र मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

बोलपत्र पेश गर्दा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सम्पूर्ण १ हजार ३१५ कित्ता अनिवार्य माग्नुपर्नेछ। त्यस्तै, कालिका लघुवित्तको न्यूनतम १ हजार कित्ता, स्वावलम्बन र मेरोमाइक्रोफाइनान्स लघुवित्तका सेयरमा कम्तीमा ५ हजार कित्ता माग्नुपर्ने व्यवस्था गरिएको छ। इच्छुकले तोकिएको भन्दा बढी वा सम्पूर्ण कित्ताका लागि समेत आवेदन दिन सक्नेछन्।

lilami share scaled 1 https://bajarkochirfar.com/the-general-public-will-be-able-to-buy-shares-of-these-four-companies-starting-today-for-between-rs-100-and-rs-375-per-share | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स