नेपाल फाइनान्स लिमिटेडको अवितरित ७ लाख ९४ हजार ९७१.१८७ कित्ता संस्थापक सेयर लिलाममार्फत् बिक्री खुला भएको छ। कम्पनीले यी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकेर लिलाम बढाबढमार्फत् बिक्री गर्ने व्यवस्था गरेको हो। यस लिलाममा संस्थापक, सर्वसाधारण लगायत जोसुकैले आवेदन दिन सक्नेछन्।
आवेदन दिँदा न्यूनतम १ हजार कित्ता र अधिकतम १० को गुणात्मक अंकमा वा सम्पूर्ण कित्ता माग गर्न सकिने व्यवस्था छ। आवेदन पेश गर्ने अवधि आज (भदौ १२) गतेदेखि भदौ २६ गतेसम्म रहेको छ।
आवेदन फाराम काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेड, नेपाल फाइनान्सको केन्द्रीय कार्यालय, साथै बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा कार्यालय तथा प्रभु बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयमा उपलब्ध हुनेछन्।




















प्रतिकृया