नेपाल फाइनान्सले गत आर्थिक वर्ष २०८१/८२ का लागि कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो। नेपाल फाइनान्सले आर्थिक वर्ष २०६७/६८ पछि हालसम्म सेयरधनीलाई लाभांश वितरण गरेको छैन।
त्यसैगरी, कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निर्णय पनि गरेको छ। राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभामा वित्तीय विवरण अनुमोदन गरिने कम्पनीले जनाएको छ।




















प्रतिकृया