नेपाल फाइनान्स लिमिटेडले अवितरित १० लाख ९० हजार ३७१.१८७ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको छ। यो सेयर सबै इच्छुक व्यक्तिले खरीद गर्न सक्ने गरी खुला गरिएको हो। प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ, र आवेदन दिने व्यक्तिले कम्तीमा १ हजार कित्ताको लागि दरखास्त दिनुपर्नेछ।
अधिकतम मागको कुनै सीमा नराखिएको भए पनि, १० कित्ता स्वतः निःशुल्क भाग स्वरूप प्राप्त हुने व्यवस्था गरिएको छ। यो लिलामीमा सहभागी हुन चाहनेले आज अर्थात् जेठ ११ गतेदेखि असार १ गतेभित्र आवेदन दिन सक्नेछन्। यस लिलामीको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
बोलपत्र फारम कमलादीस्थित प्रभु क्यापिटल, नेपाल फाइनान्सको केन्द्रीय कार्यालय (कमलादी), बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा कार्यालयहरूबाट प्राप्त गर्न सकिनेछ।
साथै, प्रभु बैंकका विराटनगर, वीरगंज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयहरूबाट पनि बोलपत्र पाइनेछ। इच्छुक लगानीकर्ताले तोकिएको म्यादभित्र बोलपत्र पेश गरी लिलामीमा सहभागी हुन सक्नेछन्।




![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?fit=640%2C480&ssl=1)





![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया