नेपाल फाइनान्सको पक्षमा सर्वोच्चको फैसला, फसेको करोडौं रकम असुल उपर हुने बाटो खुल्यो

नेपाल फाइनान्सको पक्षमा सर्वोच्चको फैसला, फसेको करोडौं रकम असुल उपर हुने बाटो खुल्यो
Advertisement Ads

२०७५ साल देखि सर्वोच्च अदालतमा विचाराधीन मुद्धा अन्तत: नेपाल फाइनान्सले जितेको छ। साउन १५, बिहीबारका दिन न्यायाधीशद्वय टेक प्रसाद ढुंगाना र बालकृष्ण ढकालको संयुक्त ईजलासले यसअघि उच्च अदालतले गरेको फैसला उल्ट्याईदिएको हो।

के थियो मुद्धा ? 

२०६७ सालमा साविकको ललितपुर फाइनान्सले विष्ट थरका एक व्यक्तिको नाममा १३ करोड ऋण प्रवाह गर्यो। सो कर्जाको धितो सुरक्षण स्वरुप सुवेदी थरका व्यक्तिको नाममा काठमाण्डौ जिल्ला अदालतमा दर्ता कायम रहेको जग्गा राखियो। ऋणी ‘विष्ट’ ले कर्जाको सावाँ ब्याज भुक्तानी नगरेपछि कम्पनीले धितो लिलामीको प्रकृया अघि बढायो। तर ‘दृष्टिबन्धक लिखत समेत पारित गरिदिएको नहुँदा धितोलिलामीको प्रकृया रोकीपाउँ भनी सुवेदी थरका व्यक्तिले काठमाण्डौ जिल्ला अदालतमा फिराद गरे। जिल्ला अदालत काठमाण्डौले २०७३/०२/१७ मा साविकको ललितपुर फाइनान्सकै पक्षमा फैसला गर्यो। त्यसपछि सुवेदी थरका ती व्यक्तिले उच्च अदालत पाटमा जाहेरी गरे। उच्च अदालतले भने निज सुवेदीको पक्षमा फैसला गरेपछि कम्पनीले सर्वोच्च अदालतमा ‘दोहोर्याई हेरी पाउँ’ भनी मुद्धा हालेको थियो।

503399028 1278341280607619 7149549194559758383 n https://bajarkochirfar.com/supreme-court-ruling-in-favor-of-nepal-finance-paving-the-way-for-recovery-of-crores-of-rupees-of-stranded-money | %tags

यो पनि पढ्नुहोस: नेपाल फाइनान्सको ‘कायापलट’ गराउन सक्ने यो ‘केस’ सर्बोच्चमा, फैसलाको प्रतीक्षामा कम्पनी | BAJARKO CHIRFAR

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स