सर्वसाधारणले २०५ रुपैयाँमै आइजीआई प्रुडेन्सियलको संस्थापक सेयर किन्न पाउने, आवेदन कहाँबाट दिने ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ५ गते
सर्वसाधारणले २०५ रुपैयाँमै आइजीआई प्रुडेन्सियलको संस्थापक सेयर किन्न पाउने, आवेदन कहाँबाट दिने ?
AdvertisementAds

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले ८० हजार कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। कम्पनीले यी सेयर सबै लगानीकर्ताका लागि खुला गरेको छ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपैयाँ तोकिएको छ, र आवेदन दिनेले सम्पूर्ण कित्ता खरिद गर्नुपर्नेछ। बोलपत्र पेश गर्ने अवधि चैत ४ देखि चैत १२ गतेसम्म निर्धारण गरिएको छ। इच्छुक खरिदकर्ताले काठमाडौं, कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालय बाट बोलपत्र प्राप्त गर्न सक्नेछन्।

प्राप्त शिलबन्दी बोलपत्रहरू चैत १३ गते बिहान ११ बजे प्रभु क्यापिटलको कार्यालयमा खोलिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स