माई खोला हाइड्रोपावरको साधारण सभा भोलि बस्दै, यस्ता छन् प्रस्ताव



Advertisement
Ads

माई खोला हाइड्रोपावर लिमिटेडको  वार्षिक साधारण सभा भोलि (मंसिर १४ गते) बस्ने भएको छ । सभा, स्मार्ट दरबार, शंखरपार्क, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । कम्पनीले यसवर्ष भने लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।


Advertisement

साधारण सभा प्रयोजनका लागि यस कम्पनीले कात्तिक २९ गते बुक क्लोज गरिसकेको छ । कात्तिक २८ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर