अर्थ समितिको बैठक आज एकैदिन दुई पटक बस्दै, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको विषयमा छलफल गरिने

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २६ गते
अर्थ समितिको बैठक आज एकैदिन दुई पटक बस्दै, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको विषयमा छलफल गरिने

आज संघीय संसद अन्तर्गतको अर्थ समितिको बैठक एकै दिन दुईपटक बस्ने कार्यक्रम रहेको छ।

पहिलो सत्रको बैठक बिहान ११:०० बजे सुरु हुनेछ। उक्त बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा संशोधन गर्न बनेको विधेयकबारे संशोधन प्रस्ताव दर्ता गराएका प्रतिनिधिसभाका सदस्यहरूसँग छलफल गरिनेछ।

दोस्रो सत्रको बैठक दिउँसो १:०० बजे बोलाइएको छ। यस बैठकमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसामयिक विषयमा छलफल गरिनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स