नेकपा एमालेका पूर्व नेता भीम रावलले पार्टीले निष्कासन गरे पनि आफ्नो भ्रष्टाचार, अन्याय, र अत्याचारविरुद्धको संघर्ष कमजोर नहुने बताएका छन्।
शनिवार काठमाडौँमा राप्रपा नेपालद्वारा आयोजित राष्ट्रिय एकता दिवसको चियापान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै रावलले एमाले नेतृत्वले आफूलाई तानाशाही शैलीमा पार्टीबाट निष्कासन गरेको आरोप लगाए। तर, उनले यसले आफ्नो देशभक्तिको भावना र अन्यायविरुद्धको अभियानमा कुनै कमी नआउने स्पष्ट पारे।
रावलले एमाले नेतृत्वको स्वेच्छाचारी रवैया, राष्ट्रिय हितविपरीतका कार्य, र भ्रष्टाचारपूर्ण गतिविधिहरूको विरोध गर्दा आफू पाच्य नभएको जिकिर गरे। साथै, उनले आफूलाई राजावादी भएको भन्दै प्रचार गरेर बदनाम गर्न खोजिएको आरोप पनि लगाए।
देशभक्तहरूसँग सहकार्य गर्दै मातृभूमि जागरण अभियानलाई सशक्त बनाउने प्रतिबद्धता जनाउँदै रावलले आवश्यक परेको खण्डमा वैकल्पिक शक्ति निर्माणका लागि सबैसँग हातेमालो गर्न तयार रहेको बताए।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया