हल्लाको भरमा लगानी सल्लाह दिने दिन सकिँदै, सेबोनले ल्याउँदैछ नयाँ नियमावली

हल्लाको भरमा लगानी सल्लाह दिने दिन सकिँदै, सेबोनले ल्याउँदैछ नयाँ नियमावली

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति सार्वजनिक गर्दै ‘लगानी परामर्श तथा अनुसन्धान विश्लेषक (Research Analyst) सम्बन्धी नियमावली’ तर्जुमा गर्ने घोषणा गरेको छ। यसमार्फत पूँजी बजारमा आधिकारिक र विश्वसनीय लगानी परामर्श सेवा सुनिश्चित गर्ने तथा अनुसन्धानमा आधारित लगानी संस्कृतिलाई प्रवर्द्धन गर्ने लक्ष्य बोर्डले लिएको छ।

बोर्डका अनुसार लगानी परामर्श तथा अनुसन्धान विश्लेषण सेवा प्रदान गर्ने संस्था र व्यक्तिका लागि स्पष्ट इजाजत (Licensing) प्रणाली र व्यावसायिक आचारसंहिता लागू गरिनेछ। साथै, अनुसन्धान विश्लेषकहरूले सूचनाको गोपनीयता कायम राख्ने, स्वार्थको द्वन्द्व (Conflict of Interest) व्यवस्थापन गर्ने तथा आफ्नो कार्यप्रति थप जवाफदेही हुने गरी मापदण्ड तयार गरिनेछ।

नीतिअनुसार धितोपत्र व्यवसायी र मर्चेन्ट बैंकमा कार्यरत अनुसन्धान विश्लेषकसहित सम्बन्धित जनशक्तिको क्षमता विकासका लागि व्यावसायिक प्रमाणीकरण (Professional Certification) कार्यक्रम सञ्चालन गर्न आवश्यक कानुनी व्यवस्था पनि गरिनेछ।

बजारमा सामाजिक सञ्जालमार्फत हुने अनधिकृत लगानी परामर्श, भ्रामक प्रचार तथा बजारलाई प्रभावित पार्ने (Market Manipulation) गतिविधिमाथि प्रभावकारी निगरानी र कानुनी कारबाही गरिने बोर्डले जनाएको छ। साथै, धितोपत्रसम्बन्धी कसूर तथा भ्रामक सूचना प्रवाह गर्नेहरूविरुद्ध ‘शून्य सहनशीलता’ (Zero Tolerance) को नीति अवलम्बन गरिने उल्लेख गरिएको छ।

सेबोनले साना तथा मझौला उद्यम (SME) प्लेटफर्ममा सूचीकृत कम्पनीहरूको रिसर्च कभरेज (Research Coverage) लाई पनि प्रोत्साहन गर्ने भएको छ। यसमार्फत ती कम्पनीहरूको बजार विश्लेषण र जानकारी लगानीकर्तासम्म पुर्‍याई मूल्य निर्धारण (Price Discovery) प्रक्रियालाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स