राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारीहरूले अदालतको अवहेलना गरेको आरोपमा सर्वोच्च अदालतले लिखित जबाफ माग गरेको छ। मंगलबार न्यायाधीश विनोद शर्मा र महेश शर्मा पौडेलको इजलासले उक्त आदेश जारी गरेको हो।
यसअघि मंसिर ११ गते न्यायाधीश मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले थप विवरण माग गरेको थियो। अधिवक्ता अनुपम भट्टराईले रास्वपाका नेताहरूले प्रदर्शनमार्फत अदालतको अवहेलना गरेको भन्दै कात्तिक १४ गते रिट दायर गरेका थिए, जसलाई सहरजिष्ट्रार अच्युत कुइँकेलले दरपीठ गरेका थिए।
कात्तिक २७ गते न्यायाधीश विनोद शर्माको इजलासले दरपीठ बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो। कात्तिक २९ गते रिट दर्ता गरियो। रिटमा रास्वपा सांसद मनिष झाले न्यायाधीशमाथि प्रश्न उठाउँदै “तपाईं कुन पार्टीको?” भनेर प्रत्यक्ष टिप्पणी गरेको उल्लेख छ।
अधिवक्ता भट्टराईले रास्वपा सभापति रवि लामिछानेसहित २० जनाभन्दा बढी पदाधिकारी र सांसदहरूलाई विपक्षी बनाएका छन्। रास्वपाले सभापति लामिछानेको पक्राउ राजनीतिक प्रतिशोध भएको भन्दै सडक प्रदर्शन गरिरहेको छ।
सर्वोच्चले रिटमा उठेका आरोपहरूको लिखित जबाफ माग्दै थप प्रक्रिया अघि बढाएको छ।


















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया