instainsta

देश विकासको गतिमा अगाडि बढिरहेको छ: प्रधानमन्त्री ओली

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १० गते
देश विकासको गतिमा अगाडि बढिरहेको छ: प्रधानमन्त्री ओली
AdvertisementAds

प्रधानमन्त्री केपी शर्मा ओलीले हालको समयलाई विकासको गति बढिरहेको र समस्यासँगै समाधानको पहिचान भएको बताएका छन्। राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित कार्यक्रममा उनले डिजिटल नेपालको नारा दिएर प्रविधिमा ठूलो परिवर्तन ल्याउने बताएका छन्।

प्रधानमन्त्री ओलीले स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारको महत्व जोड्दै, थुप्रै मेडिकल कलेज र आधारभूत अस्पतालहरूको निर्माणको उदाहरण दिएका छन्। उनले भने, “हाम्रो सरकार शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अघि बढेको छ।” उनले देशका युवाहरूसँग भावनात्मक रूपमा होइन, व्यवस्थित तरिकाले अगाडि बढ्नुपर्ने बताउँदै उद्यमशीलता र कृषि आधुनिकीकरणका महत्त्वपूर्ण पक्षमा ध्यान दिन आग्रह गरे।

कार्यक्रममा १ सय ४० युवाले चिकित्सा, कानुन, विज्ञान र प्रविधि क्षेत्रका समस्याहरू राखे। प्रधानमन्त्रीले युवाहरूसँग आफ्नो क्षेत्रसँग सम्बद्ध प्रतिवेदन ल्याउन आग्रह गर्दै, त्यसलाई सरकारको नीति, कार्यक्रम र बजेटमा समेट्ने प्रतिबद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स