सरकारले सात जना सचिवको सरुवा गरेको छ। गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र कार्यालयका सचिवहरूलाई नयाँ जिम्मेवारीमा सरुवा गर्ने निर्णय गरेको हो।
गृह सचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा सरुवा गरिएको छ भने गृह सचिवको जिम्मेवारी राजकुमार श्रेष्ठलाई दिइएको छ। लोक सेवा आयोगका सचिव किरणराज शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका छन्।
त्यसैगरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव डा. कृष्णहरी पुष्कर उपराष्ट्रपति कार्यालयमा सरुवा भएका छन् भने श्रम मन्त्रालयमा दिपक काफ्ले जिम्मेवारी पाएका छन्।
युवा तथा खेलकुद सचिव डा. हरि लम्साल राष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् भने उनको ठाउँमा उपराष्ट्रपति कार्यालयका लोकनाथ पौडेल युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।











![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)


![फण्डामेन्टल र टेक्निकल भन्दा निकै इफेक्टिभ विश्लेषण यसरी गर्नुहोस् [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault.jpg?resize=150%2C150&ssl=1)
प्रतिकृया