नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न तहका ११६ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।
प्राधिकरणले सहायकदेखि प्रबन्धकसम्मका विभिन्न पदमा कर्मचारीहरू मागेको हो। यस अन्तर्गत प्रबन्धक पदमा १ जना, उपप्रबन्धकमा ४ जना, वरिष्ठ अधिकृतमा ५६ जना, अधिकृतमा ५ जना, वरिष्ठ सहायकमा १८ जना र सहायक पदमा ३२ जना कर्मचारी आवश्यक रहेको छ।
इच्छुक तथा योग्य नेपाली नागरिकहरूले २०८२ वैशाख ४ गतेभित्र आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर वैशाख ११ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिनेछ। दरखास्त शुल्क पदअनुसार फरक फरक तोकिएको छ।


प्रतिकृया