नेपाल एसबिआई बैंकको सीईओमा रामकुमार तिवारी नियुक्त भएका छन्। मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई प्रबन्ध सञ्चालक एवं सीईओ बनाउने निर्णय गरेको हो।
तिवारीले आगामी माघ २ गतेदेखि कार्यभार सम्हाल्नेछन्। हाल उनी बैंकका महाप्रबन्धक हुन् र करिब १९ वर्षको बैंकिङ अनुभव छ। उनले इन्दिरा गान्धी नेशनल ओपन युनिभर्सिटिबाट बैंकिङ र फाइनान्समा एमबीए गरेका छन्।
अहिलेसम्म सीईओ रहेका दीपककुमारले माघ २ पछि एसबिआईमा उच्च जिम्मेवारी सम्हाल्न फर्किनेछन्। उनले भारतीय स्टेट बैंकसँगको सेवा सम्झौताअन्तर्गत नेपाल एसबिआई बैंकमा काम गरेका थिए।
















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया