नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिल्वालको नागरिकतामा जन्ममिति परिवर्तन गरी सरकारी सेवामा तोकिएको समयभन्दा बढी रहेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। २०८० साउन १६ मा अवकाश लिनुपर्ने सिल्वाल हालसम्म सेवामा रहेको पाइएको छ।
उनको नागरिकतामा विभिन्न जन्ममिति उल्लेख गरिएको र शैक्षिक प्रमाणपत्र र नोकरी विवरणमा फरक जन्ममिति भएको आयोगको अनुसन्धानमा खुलासा भएको छ। उनले झुटो विवरण दिई कूटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गरेको पनि पाइएको छ।
आयोगले सिल्वालले २०८० साउन १५ देखि हालसम्म लिएका लाभ र सुविधावापत रु ३६ लाख ६२ हजार जफत गर्न माग गरेको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया