तेह्रथुम पावरको नाफा ५१५ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?

तेह्रथुम पावरको नाफा ५१५ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?

तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१५.३४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी २०.८३ प्रतिशतले बढेर १० करोड ८८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा ३२.७३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३३.१० प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च २५.७२ प्रतिशतले घटेर ३ करोड ९३ लाख रुपैयाँ कायम भएको छ । ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १३ करोड ७१ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १६ रुपैयाँ ६५ पैसा बढेर १९ रुपैयाँ ८८ पैसा रहेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ६५ रुपैयाँ ७२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २६.८६ गुणा रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स