नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मङ्गलबार असामान्य घटना भएको छ। नव–नियुक्त अध्यक्ष हेमन्त बस्यालमाथि कर्मचारीहरूले चर्को विरोध गरेका छन्।
अध्यक्ष बनेलगत्तै बस्यालले कर्पोरेट शैलीमा काम सुरु गरेका थिए। स्पष्ट निर्देशन र कार्यसम्पादनमा कडाइ गरेपछि कर्मचारीहरू असन्तुष्ट बनेका हुन्। मंगलबार उनीहरूको असन्तुष्टि चर्किएर अध्यक्षको चेम्बरसम्म पुग्यो। लामो चर्काचर्कीपछि बस्याल कार्यालय छोडेर फर्किएका छन्।
बस्याललाई वित्तीय क्षेत्रमा लामो अनुभव छ। चार्टर्ड फाइनान्सियल एनालिस्ट रहेका उनी यसअघि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए। गत भदौ १३ गते उनले त्यहाँबाट राजीनामा दिएर नेप्से अध्यक्ष बनेका हुन्।








![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)







![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)




प्रतिकृया