स्वरोजगार लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा, बुकक्लोज कहिले ?



Advertisement
Ads

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्नका लागि सोह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बैशाख २९ गते, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११:३० बजे सुरु हुनेछ।

सभाले हालको चुक्ता पूँजीमा १३.५० प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, मर्जर तथा एक्विजिशनसम्बन्धी कार्य गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, र लेखापरीक्षक नियुक्त गर्ने जस्ता अन्य प्रस्तावहरू पनि सभामा पेस गरिनेछ।


Advertisement

लाभांश वितरण र साधारण सभा प्रयोजनार्थ लघुवित्तले बैशाख ११ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार बैशाख १० गतेसम्म नेप्सेमा कारोबार भएका सेयरधनीहरू सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर