स्वाभिमान लघुवित्त वित्तीय संस्थाले १५ जना केन्द्र अभिकर्ता/परिचालक माग गरेको छ। संस्थाले रोल्पा, नवलपरासी, कालिकोट, प्यूठान, बझाङ, सल्यानी, बैतडी, अछाम, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, डोल्पालगायत ४३ वटा शाखा कार्यालयका लागि कर्मचारी आवश्यक परेको जनाएको छ।
उक्त पदका लागि उम्मेदवारले कम्तीमा एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। संस्थाले नियुक्त हुने कर्मचारीलाई न्यूनतम १७ हजार ५ सय ६१ देखि अधिकतम ४६ हजार ५ सय २३ रुपैयाँसम्मको मासिक तलब प्रदान गर्नेछ। साथै, लघुवित्त नीतिअनुसार अन्य सुविधा पनि उपलब्ध गराइने जनाइएको छ।
ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र नजिकको शाखा कार्यालयमा सम्पर्क गरी आवेदन दिन सक्नेछन्। आवेदन प्राप्त भएको मितिबाट ७ दिनभित्र अन्तरवार्ता लिई योग्य उम्मेदवारलाई शाखामा खटाइने जानकारी संस्थाले दिएको छ। छनोट प्रक्रिया अन्तर्वार्ताका आधारमै हुनेछ।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया