एनआईसी एसिया बैंकले सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ८ लाखभन्दा बढी कित्ता संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ।
बैंकले सूर्यज्योति लाइफको ८ लाख ८७ हजार ८२५ कित्ता संस्थापक सेयर आज (वैशाख २१ गते) देखि बिक्रीमा ल्याएको हो। यसमा कानुनअनुसार योग्य जोकोही व्यक्ति तथा संस्थाले बोलपत्र पेस गरेर खरिद गर्न सक्नेछन्।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६५ रुपैयाँ तोकिएको छ। त्यसअनुसार लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य प्रस्ताव गरी बोलपत्र पेस गर्नुपर्नेछ।
बोलपत्रमा कम्तीमा ५ हजार कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ भने अधिकतममा सम्पूर्ण कित्तासम्म आवेदन दिन सकिनेछ।
आवेदन काठमाडौँको थापाथलीस्थित एनआईसी एसिया बैंक र एनआईसी एसिया क्यापिटलको कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत (वीरेन्द्रनगर) स्थित बैंकका शाखाहरूबाट पेस गर्न सकिनेछ।
बोलपत्र बुझाउने अन्तिम मिति वैशाख २८ गते तोकिएको छ।



















प्रतिकृया