मुकुल ढकालको रास्वपा महामन्त्री पदमा फर्कने निवेदनमा सर्वोच्चमा सुनुवाइ

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २७ गते
मुकुल ढकालको रास्वपा महामन्त्री पदमा फर्कने निवेदनमा सर्वोच्चमा सुनुवाइ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री मुकुल ढकालले आफ्नो पदमा फर्काउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा ढकालको निवेदनमा सुनुवाइ जारी छ। उनले आफ्नो महामन्त्री पद वैध रहेको र सोही हैसियतमा काम गर्न पाउने अधिकार भएको दाबी गर्दै रिट दिएका हुन्।

यसअघि, न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासले विवादित निर्णय र पत्राचारसम्बन्धी सबै कागजात पेश गर्न पार्टीलाई आदेश दिएको थियो। त्यस्तै, न्यायाधीश कुमार रेग्मीको इजलासले असार १२ गते रास्वपा र नेतृत्वबाट लिखित जवाफ माग्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्नेबारे छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो। तर अहिलेसम्म अन्तरिम आदेशबारे सर्वोच्चले कुनै निर्णय गरेको छैन।

मुकुल ढकाललाई पार्टीहितविपरीत गतिविधि गरेको आरोपमा २०८१ असार २६ मा पार्टीबाट निष्कासन गरिएको थियो। उनी रास्वपाका प्रवक्ताको रूपमा समेत काम गर्दै आएका थिए। ढकालले आफूलाई अनुचित रूपमा पार्टीबाट निकालिएको प्रतिक्रिया दिएका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स