instainsta

गभर्नर बन्न अयोग्य ठहर गर्दै विश्व पौडेलविरुद्ध परेको रिट सर्वोच्चले अस्वीकार गर्यो 

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २ गते
गभर्नर बन्न अयोग्य ठहर गर्दै विश्व पौडेलविरुद्ध परेको रिट सर्वोच्चले अस्वीकार गर्यो 
AdvertisementAds

सर्वोच्च अदालतले योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेलविरुद्ध दायर गरिएको रिट दरपीठ गरेको छ।

गभर्नर बन्न अयोग्य ठहर गर्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रिट दायर गरेका थिए। तर सिफारिस समितिबाट उनलाई औपचारिक सिफारिस नभएको, सञ्चारमाध्यमको आधारमा मात्र रिट पेश गरिएको र सामूहिक हक हननको दाबी स्पष्ट नभएको भन्दै सर्वोच्च प्रशासनले रिट अस्वीकार गरेको हो।

नेपाली कांग्रेस र एमालेबीच उनलाई गभर्नर बनाउने सहमति बनेको चर्चा भइरहेका बेला पौडेलले सिफारिस समितिबाट राजीनामा दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स